aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मेरोमाइक्रोफाइनान्स क्वारेन्टाइन ब्यवस्थापनको लागि २५ हजार सहयोग गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ बैशाख २०७७
मेरोमाइक्रोफाइनान्स क्वारेन्टाइन ब्यवस्थापनको लागि २५ हजार सहयोग गर्यो

बारा । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका लागि सिम्रौनगढ नगरपालिका बारालाई आर्थिक सहयोग गरेको छ।  कंकालीमाइ उच्च माध्यमिक बिद्यालयमा निर्माण गरिएको क्वारेन्टाइन ब्यवस्थापनको लागि २५ हजार सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत संस्थाले उक्त सहयोग गरेको हो । फाइनान्सका जितपुर अनुगमन कार्यालयका प्रमुख राम किशोर प्रसाद कुश्वाहाले सिम्रौनगढ नगरका प्रमुख बिजय शंकर यादब तथा उप प्रमुख रिमा देबि कुश्वाहालाई उक्त चेक प्रदान गरिएको हो ।

कोरोनाको प्रकोपलाई फैलन नदिन, क्वारेन्टाइन व्यवस्थापन तथा खाद्यान्नको व्यवस्थाका लागि सहयोग गरेको फाइनान्सले जनाएको छ । रोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ६१ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस