
एजेन्सी । एकातर्फ सारा संसारका वैज्ञानिक कोभिड-१९ को औषधीको खोजीमा रहिरहेको बेला तन्जानिया र कङ्गो जस्ता देशमा भने मानिसहरू हर्बल ड्रिंक्सको प्रयोगले कोरोना भाइरसको सङ्क्रमण निको हुने विश्वासमा छन् ।
तान्जानियाका राष्ट्रपतिले आफ्ना नागरिकसँग यो ड्रिंक्सको आयात गर्न आफूले हवाईजहाज मेडागास्कर पठाउन लागेको समेत बताएका छन् । राष्ट्रपति जोन मागुफुली यो 'हर्बल ड्रिङ्कलाई कोरोना भाइरसको औषधिको रूपमा प्रचार गरिरहेका छन् ।
उता कङ्गोका राष्ट्रपतिले यस्तै विश्वासका साथ सो हर्बल ड्रिंक्स किन्ने तयारी गरेका छन् । 'हर्बल ड्रिङ्क' आर्टमीज़िया नामको एक वनस्पतिबाट तयार गरिएको हो । औलोको उपचारमा समेत यसको प्रयोग गरिँदै आएको थियो ।
विश्व स्वास्थ्य संगठनले हाल सम्म कोरोना भाइरसको उपचार गर्ने कुनै औषधि पत्ता लागि नसकेको स्पष्ट पारेको छ । मानिसहरूलाई आफ्नो तरिकाले बच्न यसले सुझाव दिएको छ । मेडागास्करका राष्ट्रपतिका चीफ़ अफ़ स्टाफ लोवा हसीनीरीना रानोरोमारोलाई उदृत गर्दै बिबिसीले तीन हप्तासम्म गरेको परीक्षणपछि यो हर्बल ड्रिङ्कलाई 'कोभिड-आर्गैनिक्स' को रूपमा सार्वजनिक गरिएको हो ।
'कोभिड-आर्गेनिक्स' को प्रयोगबारे विश्व स्वास्थ्य सङ्गठनको प्रतिक्रिया भन्दै बिबिसीले लेखेको छ, ‘कोभिड-१९ को औषधीको नाममा मानिसहरूले कुनै पनि औषधिको आफूखुसी प्रयोग गर्नु ठिक होइन ।’ विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एडहानोम ग़ेब्रेयेसुसले यसअघि नै सरल तरिकाले यसको औषधी खोज्न सम्भव छैन । विश्वभर यसका लागि सयौँ परीक्षणहरू जारी छन् ।
यसअघि नै पनि अफ्रिकाका कतिपय मुलुकहरूमा हार्वल प्रोडक्ट र विभिन्न प्रकारका चियाले कोरोना निको हुने भन्दै त्यसको व्यापक सेवन गरिँदै आएको छ । तर, यस्ता कुरामा विश्वास गर्न नहुने भन्दै ती मुलुकका राष्ट्रपतिहरूको व्यापक आलोचना पनि भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस