aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एचसीक्यु औषधिको प्रयोगमा पश्चिमा र चिनियाँको मतभेद  यस्तो छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ बैशाख २०७७
एचसीक्यु औषधिको प्रयोगमा पश्चिमा र चिनियाँको मतभेद  यस्तो छ

एजेन्सी । पश्चिमी र अमेरिकन अध्ययनहरूमा हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी नभएको देखाएका छन । तर, चीनमा हालै गरिएको एउटा अनुसन्धानले एचसीक्यु औषधि र कोरोना भाइरसको उपचारमा अर्को कुरा पनि खुलासा गरेको छ ।  यस अनुसन्धानका अनुसार यस एन्टी(मलेरिया औषधिले करोना भाइरसका गम्भीर बिरामीहरूको मृत्यु दर घटाउनमा महत्वपूर्ण भूमिका खेलेको बताएको छ । 

चीनले गरेको यो अध्ययनबाट आएको तथ्यहरु भने अहिलेसम्म पनि प्रकाशित गरिएका छैन । चीनको वुहानको तोन्जी अस्पतालमा ५६८ कोरोना बिरामीहरूको क्लिनिकल विश्लेषणमा आधारित भएको जनाइएको छ । 

यो अध्ययन फेब्रअरी १ देखि ८ अप्रिलको बीचमा गरिएको थिया । चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारीको केन्द्रबिन्दु मानिएको छ । चीनको विज्ञान तथा प्रविधि मन्त्रालय, नेचर साइन्स फाउन्डेशन र मा यू फाउन्डेसनबाट प्राप्त रकमबाट उक्त अनुसन्धानको समग्र समीक्षाका लागि चाइना लाइफ साइंस जर्नलमा पठाइएको छ । 

यस अनुसन्धानका अनुसार, सबै बिरामीहरूलाई क्लिनिकल्ली विश्लेषण अन्तर्गत सबै विरामीको तुलनात्मक र आधारभूत उपचार प्रदान गरिएको थिया । एन्टिवाइरल र एन्टिबायोटिक औषधि सहित बिरामीमध्ये ४८ विरामीमा ७ देखि १० दिनसम्म मुखबाट एचसीक्यू थेरापी लिएका थिए । 

अध्ययनमा गैर एचसीक्यु समूहको मृत्यदर एचसीक्यु समूहभन्दा मृत्युदर भन्दा दोब्बर देखाएको छ ।  गैर( एचसीक्यू समूहको मृत्युदर ४३.५ प्रतिशत १८.८ प्रतिशत थियो । अनुसन्धानकर्ताहरूले लेखेका छन“हाइड्रोक्सीक्लोरोक्वाइन उपचार गम्भीर बिरामी कोरोना बिरामीहरुमा हुने मृत्यु दरमा कम गर्न महत्वपूर्ण छ । “अध्ययनका अनुसार, “ टक्सिसीटी बिना गम्भीर बिरामी कोरोना बिरामीहरुमा हाइड्रोक्सीक्लोरोक्वाइनको प्रयोग मृत्युको जोखिम कम हुनेसंग सम्बन्धित छ । 

प्रतिक्रिया दिनुहोस