aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपालगन्जमा तीन दिन निषेधाज्ञा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
नेपालगन्जमा तीन दिन निषेधाज्ञा जारी

काठमाडौँ । नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बाँके प्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । यो निषेधाज्ञा आज बिहान ११ बजेपछि लागु हुने छ । 

लकडाउनका वेलासमेत सर्वसाधारणले हिँडडुल गर्न नछाडेपछि उपमहानगरका सबै वडामा तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको  प्रमुख जिल्ला अधिकारीले बताएका छन् । 

नेपालगंजमा एकै पटक ठुलो संख्यामा कोरोना संक्रमित देखिएपछि सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकले  गरेको निर्णयल अनुसार २३ देखि २५ वैशाखको मध्यरातसम्म लागू हुने गरी उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

 स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्र्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्यमा खटिने जनशक्तिबाहेक अन्य कसैलाई पनि बाहिर निस्कन अनुमति दिइएको छैन । कोरोनाको संक्रमण दरलाई घटाइ सर्वसाधारणलाई कोरोनाबाट जोगाउन उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरिएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस