aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

इटालीमा पनि कोरोना विरुद्धको खोप सफल भएको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
इटालीमा पनि कोरोना विरुद्धको खोप सफल भएको दावी

एजेन्सी । कोरोना भाइरसले अहिलेसम्म विश्वमा साढे दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसेको छ । विश्वभरीका वैज्ञानिकहरूले यो रोगको उन्मूलन गर्न निरन्तर प्रयास गरिरहेछन् । यसैबीच इटालीले कोरोना भाइरसविरुद्धको खोपको विकास गरेको दावी गरेको छ । 

अरब न्यूजको एक रिपोर्ट अनुसारका अनुसार इटाली कोविड १९ (खोप बनाउने विश्वको पहिलो देश बन्यो जुन मानवमा पनि प्रभावकारी छ । यो रिपोर्ट रोमको 'इंफेक्शियस डिसीज स्पैलनज़ानी हॉस्पिटल' मा अनुसन्धानमा आधारित परीक्षणको आधारमा उक्त रिर्पोट तयार पारिएको छ ।

कोरोना भाइरसको उक्त खोपले मुसाको शरीरमा एन्टिबडीहरू उत्पन्न गरेको दावी छ, जसले मानव कोषहरूमा पनि प्रभाव पार्दछ ।  “यो इटालीमा भ्याक्सिन परीक्षणको सबभन्दा एडभान्स स्टेज हो,“ औषधि बनाउने फर्म, ताकिजका सीईओ लिगी ओर्सिसियोले भने। 

मुसालाई वैज्ञानिकहरूले खोप परिक्षण गर्न प्रयोग गरेका थिए ।  एकल खोप लगाएपछि, तिनीहरूले मुसाको शरीरमा विकसित एन्टिबडीहरू अवलोकन गरे जसले मानव कोषहरूलाई असर गर्ने कोरोनो भाइरसलाई रोक्न सक्ने दावी छ ।

प्रतिवेदनका अनुसार यस अवधिमा पाँचवटा खोपको परिक्षण गरिएको थियो र उक्त पाँचवटा मध्ये सबैभन्दा बढी  एन्टिबडीहरू उत्पादन दुई खोपलाई थप परिक्षण गरे । जुनपछि अन्वेषकहरूले दुईवटैलाई राम्रो नतिजा लिकालेका खोप चयन गरे । यी सबै खोपहरू डिएनए प्रोटीन ’स्पाइक’ को आनुवंशिक सामग्रीमा आधारित छन् । 

अनुसन्धानकर्ताहरूले उक्त रिपोर्टमा भनेका छन, ’हालसम्म हाम्रा पाँचवटा खोप उम्मेदवारहरू, जसले प्रतिरोध क्षमता विकास गरेका छन, कोरोना भाइरसबाट प्रभावित भएका छन्। भ्याक्सिनको दोस्रो प्रयोगमा हामी अझ राम्रो परिणामहरू पाउने आशा गर्छौं ।
 

प्रतिक्रिया दिनुहोस