aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्रदेश १ मा ८ हजार २ सय ९१ को परिक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
प्रदेश १ मा ८ हजार २ सय ९१ को परिक्षण

विराटनगर । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट बुधबारसम्म जम्मा ८ हजार २ सय ९१ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ५ सय ५९ जनाको नमूना परीक्षण भएको छ ।

पिसिआरबाट १ हजार ७ सय ३२ जनाको नमूना परीक्षणको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बुधबारसम्म कूल १ हजार ६ सय  ५१ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४२ जना छन् । ६ जना डिस्चार्ज भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस