aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना संक्रमणको शंकामा ३३५ जना 'रेड जोन'मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ बैशाख २०७७
कोरोना संक्रमणको शंकामा ३३५ जना 'रेड जोन'मा

काठमाडौं । कोरोना भाइरसका संक्रमणमा ३३५ जना अझै रेड जोनमा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले देशैभरी संक्रमणको शंकामा हालसम्म ३३५ जनालाई रेड जोनमा राखेको बताएका हुन ।

सरकारले सार्वजनिक गरेको फोन नम्बर र एप मार्फत सम्पर्कमा आएका देशैभरीमा संक्रमणको शंका लागेका  उनीहरुलार्ई देशका विभिन्न अस्पतालमा उपचार गराइरहेको समेत उनले जानकारी गराए । 

पछिल्लो २४ घण्टामा थप २ जना रेड जोनमा परेको उनले बताए । त्यस्तै २४ घण्टामा नेपालमा नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ९९ जना कोरोनभाइरस संक्रमित फेला परेकामध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । निको भएका ३ जनामा पुनः कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरुको पनि उपचार भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस