aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना जितेर फर्किए उदयपुुरका थप ८ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
कोरोना जितेर फर्किए उदयपुुरका  थप ८ जना

उदयपुर । उदयपुरका कोरोना संक्रमित मध्ये ८ जना आज निको भएर फर्किएका छन् । विराटनगरको कोरोना उपचार केन्द्रबाट शुक्रबार एकैपटक ८ जना डिस्चार्ज भएका हुन् । लगातार तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पतालले जनाएको छ । 

उदयपुरको भुल्केमा कोरोना संक्रमण पुष्टि भई वैशाख ८, ९ र १० गते ल्याइएका मध्ये एक भारतिय नागरिक र एक महिलासहित ८ जना डिस्चार्ज भएका हुन् । 

उपचार केन्द्रमा रहेका ६ जना गत बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए । ती सबै भारतीय नागरिक थिए । हाल सम्म ७ भारतीय र ७ नेपाली नागरिक डिस्चार्ज भएर फर्किसको छन् । 

प्रतिक्रिया दिनुहोस