aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

हालसम्म १० लाख ४३ हजारले राहत पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
हालसम्म १० लाख ४३ हजारले राहत पाए

काठमाडौं । लकडाउनको अवधिमा विभिन्न स्थानीय निकायहरुबाट हालसम्म १० लाख  ४३ हजार जनाले राहत पाएका छन् । ४ सय २१ स्थानीय निकाय मार्फत राहत वितरण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वातावरण तथा विपद व्यबस्थापन शाखाका उपसचिव ऋषिराम आचार्यले जानकारी दिए । 

एक परिवारले चामल ३० किलो,दाल ३ किलो,नुन दुई प्याकेट, खाने तेल दुई लिटर,साबुन ४ वटा र चिनी दुई किलो वितरण गर्ने मापदण्ड मन्त्रीपरिषदले बनाएको थियो । स्थानीय तहले मापदण्ड बमोजिम संघ, संस्था वा कुनै निकायमार्फत राहत संकलन गरी वितरण गर्नेछन् । मापदण्डअनुसार वडा कार्यालयले असांगठनिक क्षेत्रका श्रमिक तथा असहायको अभिलेखका आधारमा उक्त राहत पाउने छन । 

 पसलबाट ग्राहकको घरसम्म सामान ओसारपोसार गर्नेदेखि गिटी, बालुवा चालेर जीवीकोपार्जन गर्नेसम्मको अभिलेख तयार गर्नुपर्ने मादण्डमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस