
काठमाडौँ । अहिले संसार भरका वैज्ञानिकहरू एकै चीजको खोजीमा छन्, त्यो हो कोरोना बिरुद्दको खोप । हजारौँको सङ्ख्यामा भइरहेका यस्ता खोजीको नतिजा कहिले आउँछ भन्ने प्रतीक्षामा संसार रहेको छ ।
खोप, औषधी तथा कोरोना बिरुद्दको प्रतिरक्षा क्षमता विकासका लागि केही पत्ता लाग्छ कि भन्ने आशामा बसेका मानिसहरू अहिले खास गरी ६ वटा त्यस्ता परीक्षणबाट अपेक्षा गरिरहेका छन् जसले जुनसुकै बेला विश्वलाई खुसीको खबर दिन सक्ने सम्भावना छ । यहाँ ती ६ वटा परीक्षणबारे चर्चा गरिएको छ ।
कोरोना भाइरसलाई तह लगाउने उद्देश्य सहित गहन अनुसन्धानमा लागेका विश्वका ९० वटा वैज्ञानिक समूह मध्ये आफ्नो उपलब्धिलाई मानवीय परीक्षणको तहसम्म पुर्याएका ६ वटा मध्ये पनि अगाडी रहेको सम्भावित खोपको नाम हो, एडी५-एनकोभ भ्याक्सिन ।
चीनको कम्पनी क्यासिनो बायोलोजिष्ट ले मार्च १६ बाट नै आफ्नो खोजको मानवीय परीक्षण सुरु गरेको छ । सो कम्पनीसँग चीनको एकेडेमी अफ मिलिटरी मेडिकल साइन्स र इन्स्टिच्युट अफ बायोटेक्नोलोजी पनि काम गरिरहेको छ । यसले कोरोनाको उपचार गर्न सो भाइरसलाई मार्न अर्को भाइरस नै प्रयोग गर्ने गरी खोपको विकास गरेको हो ।
उनीहरूले मानिसको आँखा, श्वास नली, फोक्सो, छाती र स्नायु प्रणालीमा सङ्क्रमण गर्ने एडेनोभाइरसलाई यसको लागि उपयोग गरेका छन् । एडेनोभाइरसलाई मानिसको शरीरमा हालेर कोषहरूमा त्यो प्रोटिनको मात्रा बढाउने गरी यसलाई विकास गरिएको छ जसले कोरोनाको प्रतिरोध गर्छ ।
अन्तिम नतिजाको नजिक पुगेको दोस्रो खोपको नाम हो, एलभि-एसएमइएनपी-डिसी । चीन कै सेन्झेन्न जिनोइम्युइन्न इन्स्टिच्युटले तयार पारेको यो खोप मानिसलाई एड्स सङ्क्रमण गराउने भाइरस लेन्टीभाइरसमा आधारित छ । यो कम्पनीले त्यस्ता कोषहरूको मद्दत लिएको छ जसले प्रतिरोधी क्षमता विकास गर्छन् । यस्ता कोषहरू शरीरमा बाहिरी भाइरस आउने बित्तिकै सक्रिय हुन्छन् र त्यसलाई हमला गर्छन् । यिनीहरूको हमलामा या त भाइरस मर्छ या निष्क्रिय हुन्छ ।
तेस्रो खोप वुहानमा नै बनिरहेको छ जहाँबाट यो भाइरस संसारभर फैलियो । चीनको वुहान स्थित बायोलोजिकल प्रडक्ट इन्स्टिच्युटमा यस्तो खोप तयार हुँदैछ जुन निष्क्रिय कोरोना भाइरसबाट नै निर्माण गरिएको हो । चीनका वैज्ञानिकहरूले कोरोना भाइरसको जिनलाई यसरी परिवर्तन गरेका छन् कि अब त्यसले कसैलाई सङ्क्रमित पार्न सक्दैनन् । यो खोप निर्माण गर्ने परम्परागत विधि हो । प्राय धेरैजसो खोपहरू यसरी नै तयार गरिन्छ ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा च्याडोक्स१ नामक खोपको निर्माण भइरहेको छ । ।यो चौथो खोपको पहिलो क्लिनिकल ट्रायल अप्रिल २३ मा सुरु गरिएको हो । यसमा पनि भाइरसलाई भाइरसले नै मार्ने तयारी छ । यहाँका वैज्ञानिकले चिम्पान्जीबाट लिएको कमजोर एनेड़ोभाइरसको प्रयोग यसमा गरेका छन् । मानिसको शरीरमा गैर यसले उल्टो काम नगरोस् भनेर यसमा केही जेनेटिक परिवर्तन भने गरिएको छ ।
अमेरिकाले बनाउँदै गरेको पाँचौँ खोपको नाम एनआरएनए-१२७३ हो । अमेरिकाको म्यासाचुसेट्स स्थित बायोटेक्नोलोजी कम्पनी मोर्डन थेराप्युटिक्सले यस्तो खोप बनाइरहेको छ जसले मानिसको प्रतिरोधी क्षमतालाई कोरोनासँग लड्नको लागि तैयार गर्छ । यसले कोरोनालाई शरिमा फैलनबाट रोक्छ । यसका लागी यो कम्पनीले कमजोर वा निष्क्रिय भाइरसलाई मानिसको शरीरमा हाल्ने तयारी गरेको छ ।
छैटौँ खोपको नाम आइएनओ-४८०० हो । अमेरिकाको पेन्सिलभेनियामा रहेको फर्मा कम्पनी इनोबियोले यस्तो खोप तयार गर्दैछ जसमा सङ्क्रमितको कोशिकामा प्लाज्माबाट सिधै डिएनए शरीरको भित्र हालिन्छ । यसले सङ्क्रमितको शरीरमा कोरोनासँग लड्ने एन्टीबडी निर्माण गर्छ ।
अब हेर्न बाँकी यो छ कि यी मध्ये कुन खोप वास्तवमा सफल हुन्छ । अनि संसारलाई हालको कोरोना संकटबाट मुक्ति दिनेछ । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस