
एजेन्सी । कोरोना भाइरसको उपचारको बारेमा विश्वभरीका वैज्ञानिकहरु लागि परिरहेका छन् । विश्वभरी कोरोना भाइरस सम्बन्धी औषधि र खोपहरू बनाउनमा व्यस्त छन् । यहि समयमा हङकङका डाक्टरहरुले नयाँ औषधिको प्रयोगबाट कोरोना बिरामीको उपचारमा उपलब्ध हासिल गरेको समाचार बाहिर आउको छ ।
हङकङका ६ वटा सरकारी अस्पतालमा हङकङ विश्वविद्यालयकको अनुसन्धानले कोरोना भाइरसबाट संक्रमित १२७ बिरामीहरूलाई उक्त औषधी परिक्षण गरेका थिए । जसमध्ये ८६ जनालाई तीन औषधीहरूको मिश्रण दिइयो र बाँकी ४१ जनालाई अन्य सामान्य औषधीहरूको मिश्रण दिइयो ।
डाक्टरहरूले भनेका छन यी तीन औषधिको मिश्रणको प्रयोगले कोरोनाको उपाचारमा राम्रो उपचार हो वा होइन । तर, यसले हामीलाई कोरोना भाइरससँग लड्न केही थप समय भने पाएका छौं । कोरोनाका बिरामीलाई थप केहि दिन बचाउन सकियो भने हामीलाई कोरोनाको अन्य औषधि बनाउन समय पाएका छौं ।
८६ बिरामीहरूलाई तीन औषधिहरूको मिश्रण दिइएको थियो ती विरामीहरु एक हप्तामा ठिक भएका थिए । यी तीन औषधि दिइएका कोरोना भाइरसका विरामीको रिर्पोट पोजेनिमबाछ नेगेटिभ भएको छ । उनीहरुलाई अस्पतालबाट घर गएका छन् ।
अर्को तर्फ अन्य औषधि दिइएका विरामीको दोस्रो समूह अझै पनि उपचारत छन । यद्यपि तीन औषधिहरूको मिश्रण उनीहरू बिरामीहरूलाई दिइएइको थियो जो कोरोना भाइरसको कारण गम्भीर बिरामी थिएनन्।
पहिलो एन्टिवाइरल औषधि हो लोपीनाभिर-रीटोनाविर ब्रान्डको नाम कालेट्रा) (लोपीनाभिर(रीटोनाविर(कलेत्र) हो। अर्को ड्रग रिबाविरिन, यो हेपाटाइटिस-सीको उपचारमा प्रयोग गरिन्छ । दुबै औषधीहरु खुवाउने हुन । तेस्रो औषधि इन्जेक्सन हो। यसको नाम इन्टरफेरोन बिटा-१ बी हो। यस औषधिले माल्टिपल स्क्लेरोसिसलाई निको पार्छ दुखाईका साथै भाइरस शरीरमा फैलिन दिँदैन ।
केही विज्ञहरूका अनुसार इन्टरफेरोन बीटा (१ बी औषधि शरीरको प्रतिरोध क्षमता बढाउन काम गर्दछ। जसले मानव शरीर कुनै पनि भाइरस विरुद्ध लड्नका लागि तयार पार्छ । दोस्रो समूह, जसमा ४१ बिरामीहरूलाई लोपिनेभि मात्र सामान्य औषधीको साथ दिइयो। यद्यपि केही चिकित्सकहरूले रीटोनाविर प्रयोग गर्न छाडेका छन् किनकि यो औषधी गम्भीर बिरामीहरूको उपचारमा प्रभावकारी छैन भन्ने छ ।
तीन औषधिको मिश्रण लिने बिरामीहरू ७ दिनमा निको भए जबकि लोपीनाभिर-रीटोनाभिर भएकाहरूलाई मात्र औषधि लिइएका १२ दिनमा निको भए । तीन औषधिहरूको मिश्रणले कोभिड १९ का लक्षणहरूलाई ८ दिनबाट ४ दिनमा घटायो।
क्यानडाको ओन्टारि स्थिति वस्टर्न विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा. सारा शलहउबले समेत यी तीन औषधिहरूबाट छिटो रिकभरी भएका भए यीमा कुनै पनि खरावी नभएको बताएकी छिन् ।
डा. सारा शाल्हउबले भनिन, 'यी तीन औषधिहरूको यो मिश्रण गम्भीर बिरामी वा आईसीयूमा राखेका बिरामीहरूको लागि होईन। यी औषधिहरूको थप परिक्षण हुन अझै बाँकी छ । हामी केवल आशा गर्न सक्छौं कि गम्भीर बिरामीहरूलाई पनि यी औषधिहरूद्वारा उपचार गर्न सकियोस ।'
प्रतिक्रिया दिनुहोस