aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगे

विराटनगर । प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह«दशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्कनु भएको हो । प्रदेश १ ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ जना उपचाररत रहनुभएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । 

पिसिआरबाट २ हजार १ सय ४० जनाको परीक्षण भएको छ । जसमा २ हजार १ सय १ जनाको नेगेटिभ देखिएको छ । त्यस्तै आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ ।
 

प्रतिक्रिया दिनुहोस