
पोखरा । केही दिनदेखिको लगातारको वर्षाका कारण पोखराको जनजीवन प्रभावित भएको छ । नियमितरुपमा वर्षा हुँदा आज पोखरा–काठमाडौँ हवाईसेवा प्रभावित भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार आज चार वटा विमानको सेवा अवरुद्ध भएको छ ।
निरन्तर वर्षा हुँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ । पोखरा घुम्न आएका पर्यटकसमेत मारमा परेका छन् । पर्यटक होटल बाहिर निस्कन सकेको थिएनन् । व्यापार व्यवसाय प्रभावित भएको स्थानीय व्यवसायी गुरुदत्त पौंडेलले बताउनुभयो । निरन्तरको वर्षाबाट चैते धानबालीलाई फाइदा पुगेको छ भने तरकारी बालीलाई नोक्सानी गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस