aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सप्तरीका यी युवाले कतिलाई सारे होलान् कोरोना ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
सप्तरीका यी युवाले कतिलाई सारे होलान् कोरोना ?

सप्तरी । सप्तरीका संक्रमण पुष्टी भएका १८ वर्षीय युबा आइतबार नै  क्वारेन्टाइनबाट घर गएको खुलेपछि त्यहाँ महामारी फैलने त्रास बढेको छ । उनको स्वाब संकलन पश्चात क्वारेन्टाइनबाट घर पठाइएको पाइएको छ । समाचार स्रोतका अनुसार २५ गते स्वाब संकलन गरिएपछि उनी डाक्नेश्वरी नगरपालिका ५ पातोस्थित कन्त चन्द्र माविको क्वारेन्टाइनबाट घर गएका थिए ।

लकडाउनको समयमा चितवनबाट उनी हिंडेरै डाक्नेश्वरी नगरपालिका – ३ तरहीस्थित घर पुगेका थिए  । त्यसपछी वैशाख ९ गते उनीसहित १३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।  उनलाई १९ दिनसम्म क्वारेन्टाइनमा राखेर संक्रमणको कुनै  लक्षण नदेखिएपछि घर पठाइएकोथियो ।

समाचार स्रोतका अनुसार उनी घर गएपछि परिवारसँग बसेका थिए । यही क्रममा उनि आफन्तकोमा समेत पुगेका थिए । उनमा संक्रमण पुष्टि भएर सम्पर्क गर्न खोज्दा उनि हजुर आमासँग रहेको अवस्थामा फेला पारिएको हो । स्रोतका अनुसार उनि सहित उनका हजुरबुवा र हजुरआमा तथा आमा समेतलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउने तयारी भइरहेको छ । अहिले उनले र उनका परिवारका सदस्यले दुई दिनबीच भेटघाट गरेका व्यक्तिको ट्रेसिङ सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस