aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल

कपिलवस्तु । जिल्लामा कोरोना भाइरसको संक्रमण  व्यापक रुपमा बढेपछी कपिलवस्तुलाई सोमबार साँझ ५ बजेदेखी जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समिति वैठकले यस्तो निर्णय गरेको हो । त्यहाँ पछिल्लो समय कोरोना संक्रमण भएका व्यक्तिहरु भेटिएका छन्  ।भारतबाट नेपाल आउने तयारीका साथ यहाँको नाकामा ठुलो संख्यामा नेपालीहरु जम्मा भएको बेला यस्तो निर्णय सार्वजनिक गरिएको हो ।

कपिलवस्तुमा  सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका थिए । यस्तो संख्या एकाएक देखिएपछि  थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशाशनले जानकारी दिएको छ  ।

स्मरण रहोस्, भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएको हो । यो निर्णय सँगै अब पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको जनाएको छ ।

नागरिकहरुलाई तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ । त्यो बाहेक अन्य समयमा कोहि कसैलाई हिड्डुल र आवतजावतमा कडाइका साथ प्रतिवन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस