aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

काठमाण्डाैं काेराेनाकाे उच्च जाेखिममा, परिक्षण बढाउने तयारी

  • बीबीसी
    बीबीसी
  • मंगलबार, ३० बैशाख २०७७
काठमाण्डाैं काेराेनाकाे उच्च जाेखिममा, परिक्षण बढाउने तयारी

काठमाडाैं । सरकारले सीमित कर्मचारीहरूको भरमा विभिन्न कार्यालयहरू चलाउन पाइने निर्णय गर्दै त्यसका लागि सवारी आवागमनको अनुमति दिएकाे छ ।

लकडाउन केही खुकुलो पारेर केही सवारीसाधन सञ्चालन गर्न दिइएको पहिलो दिन आइतवार सडकमा आवागमन अचानक बाक्लियो ।

ट्राफिक प्रहरी अधिकारीहरूका अनुसार कम प्राथमिकताका कामका लागि पनि मानिसहरू बाहिर निस्किन थालेका छन् ।

के काठमाण्डू उपत्यका जोखिमबाट मुक्त भएको हो त? देशका विभिन्न स्थानमा कोभिड-१९ भएका व्यक्ति पत्ता लागिरहेको बेला काठमाण्डू सुरक्षित नभएको विज्ञहरूको भनाइ छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार काठमाण्डू उपत्यका उच्च जोखिमको सूचीमा छ ।

सरकारले आन्तरिक रूपमा रेड (रातो), येलो (पहेँलो) र ग्रीन (हरियो) गरी तीन किसिमको क्षेत्रमा वर्गीकरण गरेको छ ।

श्रेष्ठ भन्छन्, "काठमाण्डू अहिले पनि रेड जोनमा छ ।" जनसङ्ख्याको अनुपातमा काठमाण्डू उपत्यकामा सङ्क्रमण निकै कममा देखिएको छ ।

तर 'मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले' उपत्यकालाई उच्च जोखिममा राखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

त्यसैले सार्वजनिक सवारी साधन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द नै रहनेछन् ।

काठमाण्डू उपत्यकामा बाहिरबाट मानिसहरू नआऊन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन् ।

काठमाण्डू उपत्यकामा बाहिरबाट मानिसहरू नआउन सकुन् भनेर थप कडाइ गरिने र कोरोनाभाइरसको परीक्षण व्यापक बनाइने अधिकारीहरू बताउँछन् ।

परीक्षण बढाइँदै
अधिकारीहरूका अनुसार जोखिमपूर्ण ठाउँबाट आएका, सम्भावित सङ्क्रमितहरूको सम्पर्कमा रहेका र सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिबाहेक अन्यलाई परीक्षणको दायरामा ल्याइएको थिएन ।

यसअघि ज्वरो आएका र खोकी लागेका कतिपय बिरामीहरूको पनि कोरोनाभाइरस परीक्षण नगरिएको समाचारहरू आएका थिए ।

प्रतिक्रिया दिनुहोस