aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कतार एयरवेजले एक लाख वटा टिकट निःशुल्क दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
कतार एयरवेजले एक लाख वटा टिकट निःशुल्क दिने

दोहा, कतार ।  कतार एयरवेजले स्वास्थ्य सेवामा अग्रपंक्ति रही कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीहरुले पु¥याएको अतुलनीय योगदानका लागि आभार स्वरुप एक लाख वटा निःशुल्क हवाई टिकट वितरण गर्ने घोषणा गरेको छ । 

एयरलाइनले दोहाको समय अनुसार मे १२ ००ः०१ बजे देखि मे १८  २३ः५९ बजेसम्म टिकटहरु वितरण गर्ने जनाएको छ । स्वास्थ्यकर्मीहरुले एयरलाइनको आधिकारिक वेबसाइट मार्फत qatarairways.com/ThankYouHeroes मा फारम भरी दर्ता गर्न सक्नेछन् ।  दर्ता गरिसकेपछि व्यक्तिगत युनिक कोड प्राप्त हुनेछ जस मार्फत फस्ट कम फस्ट सर्भ आधारमा टिकट वितरण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस