
काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिमका बीच दैनिक नागरिकलाई सुसूचित गराउन सक्रिय सञ्चारकर्मीहरुको तवल कटौती गर्ने, बेतलवी विदा बस्न दबाव दिइएको दवाव प्रति नेपाल पत्रकार सहासंघकले आपत्ति जनाएको छ । मंलबार एक विज्ञप्ति प्रकाशन गर्दै पत्रकारलाई कामबाटै निष्काशन गर्ने काम केही सञ्चारगृहरुबाट भइरहेको गुनासोप्रति महासंघ गम्भिर रहेको भनेको छ । थप सुविधा सहित कार्यक्षेत्रमा सञ्चारकर्मीलाई खटाउन र काम गर्ने उचित वातावरण निर्माण गर्न माग ुसमेत माग गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै जाँदा अग्रभागमा रहेर आम नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी बोकेका सञ्चारकर्मीहरु उच्च जोखिममा रहेका छन् ।
सञ्चारकर्मीलाई पनि कोरोना संक्रमण भएको खबरले पत्रकार महासंघ बागमती प्रदेश समिति चिन्तित र दुःखीत भएको विज्ञप्तिमा उल्लेख गरेको छ । उच्च जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यप्रति गम्भीर हुन तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै जोखिमा रहेका सम्पूण पत्रकारको पीसीआर प्रविधिबाट परिक्षण गर्न समेत माग गरेको छ ।
साथै जोखिमको समयमा सकेसम्म घरबाटै काम गर्न र आफ्नो पेशागत धर्म निर्वाहका क्रममा आफै संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सबै सञ्चारककर्मीहरुमा अपिल समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस