
काठमाडौं । उपत्याकामा पनि कोरोना पोजेटिभ देखिएको छ । मंगलबार भक्तपुर निवासी २५ वर्षे महिला र २७ वर्षे पुरुष र काठमाडौंमा ३३ वर्षे महिला कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मंगलबार मात्रै ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा जिल्ला निवासी वर्ष २२, २८, २८, ३२, ४५ र ६० वर्षे महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१ र ६१ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो । त्यस्तै, महोत्तरीमा १६ र २५ वर्षे पुरुषहरु, धनुषामा २० वर्षे महिला र ४० वर्षे पुरुष र सर्लाहीकि ४५ वर्षे पुरुषमा कोरोना पुष्टि भएको छ । काठमााडांैं उपत्याकामा तीन जना सहति कुल संख्या २१७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस