aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

महामारीका बारेमा २०१६ मा नै चर्चा भएको बिल गेट्को खुलासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
महामारीका बारेमा २०१६ मा नै चर्चा भएको बिल गेट्को खुलासा

एजेन्सी । सम्पूर्ण विश्व कोरोना भाइरसको विनाशबाट त्रेसित भइरहेका बेलामा भाइरसका बारेमा विभिन्न अनुमानहरु सार्वजनिक भइरहेका छन् । यहिबीचमा विश्वका सबैभन्दा धनी व्यक्ति माइक्रोसफ्टका संस्थापक बिल गेट्सले ठूलो खुलासा गरेको छन् । 

बिल गेट्सले एक अन्तरवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०१६ मा नै महामारीको बारेमा चेतावनी दिएको खुलासा गरेका छन् । सोमबार वाल स्ट्रिट जर्नललाई एक अन्तर्वार्तामा उनले, “मैले युरोप, अमेरिकामा विश्वभरका मानिसहरूलाई भेटें।“ सन २०१६ उनले राष्ट्रपति ट्रम्पसँग ट्रम्प टावरमा भेट गरेका थिए । जसमा उनले भविष्यको महामारीको बारेमा कुरा गरेको सुनाए । उनले त्यस बेला नै यी प्रश्नहरुलाई अझ जोडदार ढंगले उठाउनु पर्ने धाराणा राखेका थिए । 

उनले अन्तर्वार्तामा भने, अहिलेको अबस्था अझ डरलाग्दो हुनसक्छ, यदि हामीले समयमै तयारी गर्न सकेका भए घाटा कम गर्न सकिन्थ्यों। बिल गेट्सले भने, ’म यो खतराको बारेमा जनताको ध्यानाकर्षण समयमा नै गराएको भएपनि यस्तो अवस्था हुने थिएन।’

बिल गेट्सले उक्त अन्तर्वार्ताका क्रममा भनेका छन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित महामारीको कुरा विश्वका धेरै नेताहरूले सैद्धान्तिक सहमति जनाएका समेत थिए । केहिले यसलाई तयार पार्नको लागि कदम चालेको उनले बताए । केही देशहरूले आफैंमा सम्भावित समाधानहरू खोज्न पनि थालेका थिए ।

उनले अझ मास्क र स्वासप्रस्वस सम्बन्धी भाइरसको बारेमा पनि त्यहि बेला जिज्ञासा राखेको समेत उनले खुलासा गरेका छन् । उनले अन्तरवार्तामा भनेका छन् मैले श्वासप्रश्वास सम्बन्धी भाइरसको बारेमा सोधेँ,ट्रम्पलाई उनले यस्तो घातक भाइरस सर्नबाट रोक्न कति चाडो सक्नुहुन्छ ? यसको रोकथाम मास्क वास्तवमै सहयोग हुन्छ वा हुदैन भन्ने प्रश्नको ट्रम्प सरकारले कुनै ठोस जवाफ दिएन ।

प्रतिक्रिया दिनुहोस