
एजेन्सी । विश्व अहिले कोरोनो भाइरस कोडिभ १९ को महामारीका कारण आक्रान्त छ र विश्व नै यो महामारीबाट अपाm्नो देशका जनता र अर्थतन्त्र कसरी बचाउने भनेर लागि रहेका छन् । तर, उदयमान देशका रुपमा हेरिएको चीन भने यहि अवधिमा चमत्कारिक काम गर्नमा लागेको छ ।
चीनले विश्वम नै आफ्नो उपस्थिति देखाउनका लागि मे ५ मा चन्द्रका लागि सीजेडफाइभबी अर्थात लंग मार्ज ५ बी र प्रोटोटाइप स्पेस क्राफ्ट अन्तरिक्षमा सफलतापूर्वक परिक्षण गरेको छ । जुन ६ दिन पछि अमेरिकाको न्युर्योक हुँदै एटलान्टा महासागरमा खसेको छ ।
यसभन्दा पहिला अन्तरिक्षमा सीजेडफाइभबी रकेटमा चीनको नियन्त्रण थिएन । यदि थोरै मात्र नियन्त्रण गुमाएको खण्डमा अमेरिकाको न्युर्योकमा खस्न सक्थ्यो । यो १०० फिट लामा र १७ हजार ८०० किलो वजन रहेको रकेट हो ।
हार्वर्ड युनिर्भसिटीका वैज्ञानिका जोनथन म्याक्डवेलका अनुसार चीनको यो रकेट न्युर्योकभन्दा करिब १७० किलोमिटर नजिकबाट गएको थियो । स्पेश स्टेसन चलाउनका लागि र चन्द्रमा आफ्नो एस्टोनोट्स पठाउनका लागि यो महत्वपूर्ण मानिन्छ । लान्च मार्च ५ बी रकेट प्रक्षेपण प्याडबाट पुग्यो । ९ मिनेटपछि मानवरहित प्रोटोटाइप स्पेसक्राफ्ट यसफर्त पठाइयो । ८ मेमा यो अन्तरिक्ष यान सफलतापूर्वक पृथ्वीमा फर्कियो ।
कार्गो रिटर्न क्याप्सुलको परीक्षण सफलतापूर्वक रकेटबाट अलग गरेको छ । अब अन्तरिक्षयानले एक दिन अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्ष स्टेशनमा लैजासक्ने भएको छ । जुन चीनले २०२२ सम्ममा पूरा गर्ने योजना बनाएको छ । पछि चीनले चन्द्रमा पनि आफ्नो स्थान बनाउने छ ।
चीनले यस वर्ष जुलाईमा मंगल ग्रहमा पनि ओर्बिटर र रोभर पठाउन तयारी गरिरहेको छ । यस मिसनको सफलताबाट चीन खुशी छ। किनभने यसभन्दा पहिले मार्च र अप्रिलमा दुईवटा अभियानहरू असफल भएका थिए । चीन चन्द्रमामा आफ्नो रोभर युतू पुगेको छन ।
त्यस्तै, ५ मार्चमा नै चीनले विश्वका सर्वोच्च शिखर सगरमाथाको करिब ५३ सय मिटर मािथ समेत पाँचौ जेनेरेशनको इन्टर नेट सेवा ५ जी जडान गरेको छ ।
प्रतिक्रिया दिनुहोस