aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोनाको प्रभावले शिवम् सिमेण्ट्सको नाफा घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
कोरोनाको प्रभावले शिवम् सिमेण्ट्सको नाफा घट्यो

काठमाडौं । सिवम् सिमेण्ट्सले बुधबार चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्ष सोहि अवधिको तुलनामा यस वर्ष कम्पनीको नाफा घटेको छ । गत वर्ष  १ अर्ब ५ करोड ८९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष  ७९ करोड २४ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २५ दशमलव १७ प्रतिशत कम भएको हो । 

गत वर्ष यस अवधिसम्म  ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको यस कम्पनीले यस वर्ष सोहि अवधिसम्म  ७ अर्ब ८ करोड ४० लाख रुपैयाँभन्दा बढी मात्र गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन आम्दानी १५ दशमलव ४३ प्रतिशत घटेको हो । हाल जारी लकडाउनका कारण उद्योग नियमित सञ्चालन हुन नसक्दा उत्पादन तथा विक्री वितरणमा असर परेकाले सञ्चालन आम्दानी घटेको कम्पनीले जानकारी दिएको छ । 

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । शेयर प्रिमियममा  ९४ करोड २ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा  ३ अर्ब ३४ करोड १ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक  २४ दशमलव रुपैयाँ एक रहेको छ भने प्रतिशेयर नेटवर्थ  १९७ दशमलव २८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस