
काठमाडौं । निदान अस्पतालकी नर्स कोरोना संक्रमित भएपछि अस्पताल सिल गरिएको छ । हिजो मंगलबार भक्तपुरमा भेटिएकी कोराना संक्रमित युवती उक्त अस्पतालमा काम गर्ने नर्स भएकोले अस्पताल सिज गरिएको ललिपुर महानगरपालिका नगद प्रमुख चिरीबाबु महर्जनले आर्थिक न्यूजले बताए ।
‘निदान अस्पतालमा काम गर्ने नर्स कोभिड–१९ संक्रमित भएपछि आज विहान जिल्ला प्रशासन कार्यालय ललितपुर र महानगरको समन्वयनमा सिज गरिएको हो,’ उनले भने ‘भक्तपुर निवासी २५ वर्षीय महिला (नर्स) कोरोना संक्रमित भएकी छिन् ।’
महानगरका अनुसार आज उक्त नर्स चढेको गाडी चालक र सह–चालनकलाई पनि कोभिड–१९ को टेष्ट गर्न लागिएको छ ।
प्रतिक्रिया दिनुहोस