aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

थप २४ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ बैशाख २०७७
थप २४ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुगे

काठमाडौं  । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  बुधबार साँझ  मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । रुपन्देहीमा ९ जना पुरुष र चार वर्षिय बालिका सहित ३ जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । 

त्यस्तै, कपिलबस्तुमा ८ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पर्सामा पनि २ जना पुरुष र एक जना महिलामा संक्रमित देखिएको छ । नवलपरासीमा ३६ वर्षिय एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   अब संक्रमितको संख्या २ सय ४३ पुगेको छन । 

प्रतिक्रिया दिनुहोस