aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोनाका कारण रेस्लर शुबोशीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
कोरोनाका कारण रेस्लर शुबोशीको मृत्यु

जापान । कोरोना भाइरसको संक्रमणका कारण २८ वर्षीय जापानी सुमो रेस्लर शुबोशीको मृत्यु भएको छ। वास्तविक नाम कियोताका सुएताके भएका उनी खेल क्षेत्रमा शुबोशीको उपनामले चिनिन्थे। संक्रमणको असरका कारण उनका विभिन्न अंगहरूले एकैसाथ काम गर्न छाडेपछि उनको निधन भएको जापानी सुमो एसोसिएसनले जनाएको छ।

एक महिनाअघि संक्रमणको लक्षण देखिनासाथ उनलाई अस्पताल भर्ना गरिएको थियो। अन्य सिकिस्त बिरामीको चाप भएकाले चार दिनको संघर्षपछि मात्रै उनले अस्पतालमा भर्ना पाएका थिए। १५ दिनअघि उनलाई आइसियुमा सारिएको थियो। स्थिति बिग्रँदै गएपछि बुधबार उनको निधन भएको एसोसिएसनले जनाएको छ।

एसोसिएसनले भनेको छ, ‘शिबोशीले झण्डै एकमहिना रेस्लिङ लडेझैं रोगविरुद्ध लडे। हामी उनको चिर शान्तिको कामना गर्छौं, उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गर्छौं।’ कोरोना संकट सुरू भएयता जापानका खेलकुद गतिविधि ठप्प छन्। एजेन्सी 

प्रतिक्रिया दिनुहोस