aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

फेरी थपिए ५ जना, नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
फेरी थपिए ५ जना, नेपालमा कोरोना संक्रमितको संख्या २५० पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या अढाई सय पुगेको छ । बिहिबार थप ५ जना कोरोना स्रक्रमित थपिएका सँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको हो ।

सर्लाहीमा १, धनुषामा र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो ।

बिहीबार बिहान मात्रै काठमाडौं र कपिलबस्तुमा कोरोना संक्रमित थपिएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस