aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

त्रिवि शिक्षण अस्पतालको बिरामीमा कोरोना पुष्टि, न्युरो सर्जरी वार्ड सिल गरियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
त्रिवि शिक्षण अस्पतालको बिरामीमा कोरोना पुष्टि, न्युरो सर्जरी वार्ड सिल गरियो

काठमाडौं ।  त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्ड बिहीबार विहानदेखि सिल गरिएको छ । कोरोना संक्रमित ६ बषिर्या बालिका  उक्त वार्डमा भएको पुष्टि भएपछि सो वार्ड सिल गरिएको अस्पतालले जनाएको  छ । 

बिहीबार बिहान  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको दुई कोरोना संक्रमितमध्ये कपिलबस्तुकी ६ वर्षिय बालिका  महाराजगञ‍जस्थित त्रिभुवन विश्‍विद्यालय शिक्षण अस्पतालको बिरामी रहेको खुलेको छ । उनी न्युरो सर्जरी वार्डमा सात दिनअघि ओपीडी हुदै अपरेसनका लागि भर्ना भएर उपचाररत रहेको अस्पतालले जनाएको छ ।

सो कुराको अस्पतालले औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन । अस्पतालका अनुसार उक्त बालिका ओपीडी हुँदै न्यूरोसम्म पुगेको भए अस्पतालमा थप सतर्कता अपनाउन र अनुसन्धान गर्नका लागि अस्पतालको प्रशासनले तयारी गर्दै गरेको जनाएको छ । अस्पतालले सवाधानी नअपनाएको भन्दै त्यहा कार्यरत डक्टर/नर्सभने आक्रोशित बनेको अस्पलात स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस