
काठमाडौँ । ललितपुर महानगर पालिका वडा नम्बर ६ मा कोरोना महामारी फैलन नदिन वडा कार्यालयले कडा फरमान जारिगरेको छ । वडाध्यक्ष हिटलर शाक्यले जारी गरेको आदेशमा त्यहाँ बाहिरी मानिसहरुको प्रवेशमा पूर्ण रोक लगाइएको छ ।
बिश्वभरी फैलिएको कोभिड १९ भाईरस संक्रमण पछिल्लो समयमा नेपालमा पनि तिब्र गतीमा फैलिएकोले यस्तो सूचना जारि गर्नुपरेको महानगर वडा कार्यलाय्ली उल्लेख गरेको छ। विश्व स्वास्थ्य संघले नेपाललाई रेड जोनमा राखेको भन्दै यस परिस्थितिमा ललितपुर महानगरमा पनि कोभिड संक्रमण भएको पुष्टी भएको कारणले यस ६ नं वडाबासीहरुमा संक्रमण फैलिनसक्ने खतरा भएकोले पालना गर्नुपर्ने सतर्कता सो सुचनामा बुँदागत रुपमा राखिएको छ ।
वडाध्यक्ष हिटलर शाक्यद्वारा हस्तक्षरीत सुचनाको पहिलो बुँदामा लेखिएको छ, 'यस वडामा कोठा बहाल लिई लकडाउनको समयमा बाहिर जल्ला वा बिदेशबाट फर्कि आएका ब्यक्तीहरुलाई अर्को सुचना नआए सम्म प्रवेश निषेध गरिएको छ।' त्यसैगरी, सो वडाका घरधनीहरुले आफ्ना भाडावालाहरु विभिन्न कारणले घर गएको अवस्थामा तत्काल फोन मार्फत सर्पक गरी आफ्नो घरमा प्रवेश नदिने ब्यहोरा जानकारी गराउन पनि आदेश दिइएको छ ।
यदी वडाका घरधनीहरु कसैले सूचना लुकाई प्रवेश दिएको अवस्थामा कार्वाही हुने सजायको सुची समेत सो आदेश पत्रमा छ । जस अनुसार यदी त्यास्तो पाइएमा त्यस्ता घरहरुमा ताला लगाई शिल गरिने छ । अनि क्वारेन्टाईनमा लाग्ने सम्पूर्ण खर्च समेत घरधनीले ब्यहोर्नु पर्नेछ । यसबाहेक संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेछ ।
सो वडा भित्रका सबै टोल सुधार समिति, संघ, संस्थाहरुलाई आ-आफ्नो टोल भित्र बाहिरी मानिसहरुको आवत जावतलाई रोक्न,टोल भित्र फलफूल, तरकारी तथा अन्य खाद्य पसलहरु तोकिएको समयमा मात्र समाजिक दुरी कायम गरी सञ्चालन गराउन तथा संक्रमण अझै बढ्दै गएमा र आवश्यक परेको खण्डमा आ-आफ्नो टोलहरुलाई शिल गर्नका लागी समेत अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस