aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

प्रदेश १ मा पिसिआर विधिबाट २ हजार १९ जना मात्रै परिक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
प्रदेश १ मा पिसिआर विधिबाट २ हजार १९ जना मात्रै परिक्षण

विराटनगर । प्रदेश १ मा १२ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणलाई तिब्रता दिएको छ । प्रदेश १ मा यतिबेला ३ ठाउँबाट पिसिआर बिधिबाट कोरोना परीक्षण भइरहेको छ ।

 त्यस्तै आरडिटी बिधिबाट ८ हजार ९ सय ३३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा ३५ जनामा कोरोना पुष्टि भएको छ भने १७ जना उपचारपछि घर फर्किएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । 

सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ । खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १७ लाख ५० हजार ७ सय १३ रुपैयाँ छ । 
 

प्रतिक्रिया दिनुहोस