aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कालिमाटी तरकारी बजारमा देखियाे ४ जनामा एन्टिबडी पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
कालिमाटी तरकारी बजारमा देखियाे ४ जनामा एन्टिबडी पोजेटिभ

काठमाडौं । बिहीबार काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको र्‍यापिड डाइग्नोष्टिक परीक्षणमा ४ जनामा एन्टिबडि पोजेटिभ देखिएको छ ।

कालिमाटी बजारका ७ सय जनाको र्‍यापिड डाइग्नोष्टिकबाट गरिएको परीक्षणमा ४ जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको हो ।

विहीबार ७०० जनाको आरडीटि र ३३४ जनाको पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको जनाएको छ ।

७ सय जनाको आरडीटीबाट गरिएको परिक्षणमा ४ जना रिपोर्ट पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका जन स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए ।

‘र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडीटी) विधिबाट गरिएको परिक्षणमा ४ जनाको रिपोर्ट पोजेटिभ देखियो’ उनले भने ।

काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको थियो ।

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको हाे ।

महानगरपालिकाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचानका लागि बिहान ११ बजे शुरु गरिएको आरडीटी र पीसीआर परीक्षण साँझ साढे ६ बजेसम्म गरेको थियो ।

महानगरले कालिमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको थियाे ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाइ मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस भएरनभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो ।

परीक्षण अवलोकन गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तरकारी बजार पुगेका थिए ।

कालिमाटी तरकारी तथा फलफूल विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार कालिमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी छन् ।

सामान्य अवस्थामा बजारमा हरेक दिन १० हजारभन्दा बढी मानिसको आवतजावत हुन्छ ।

तरकारी, फलफूल तथा माछा लिएर दैनिक औषतमा एक हजार बढी सवारी आउँछन् भने दुई हजार बढी मोटरसाइकल आवतजावत गर्छन् ।

बजारसँग आश्रित ५०० भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ कर्मचारी र सुरक्षाकर्मी कार्यरत छन् भने २० मजदुर सरसफाइमा कार्यरत छन् ।

सरकारले जोखिममा रहेका ७० प्रतिशत नागरिकको आरडीटी र जोखिममा रहेका ३० प्रतिशतको पीसीआर परीक्षण गर्ने गरी काम भइरहेको जनाएको छ ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफूल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड-१९) भएरनभएको पत्ता लगाउन विहीबारबाट स्वास्थ्य परीक्षण थालिएको हो ।

कालीमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस