aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

जिल्लाभित्र पनि एक स्थानबाट अर्को स्थान जान समेत नपाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ जेठ २०७७
जिल्लाभित्र पनि एक स्थानबाट अर्को स्थान जान समेत नपाइने

काठमाडौं । जिल्लाकै एउटा स्थानबाट अर्को स्थानमा जानसमेत नपाइने भएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास रद्द गर्ने निर्णय गरेको हो । 

कुनै पनि व्यक्तिलाई अत्यावश्यक कामका लागि बाहिर निस्कनुपरेमा नजिकैका प्रहरीलाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । मन्त्रालयले बिहीबारबाट एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न रोक लगाएको छ । मन्त्रालयमा बिहीबार नै उपत्यकाका नगरपालिकाका प्रमुखहरुसँग अहिलेको अवस्थामा स्थानीय तहको भूमिकाका सम्बन्धमा छलफल गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस