
काठमाडौं । भोलिदेखि अत्यावश्यक सवारीसाधनलाई पास नचाहिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसअघि सवारीसाधनलाई वितरण गर्दै आएको पहेँलो रङको सवारी पास खारेज गरेको छ। जिल्ला प्रशासनले शनिबारदेखि लागू हुनेगरी सवारी साधनलाई नीलो रङको सवारी पास वितरण गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
‘अति आवश्यक सवारीसाधनहरूलाई बिना पास सञ्चालन गर्ने दिने,’ विज्ञप्तिमा भनिएको छ, शवबाहन, एम्बुलेन्स, औषधि तथा स्वास्थ्य सामग्रीहरु, पेट्रोलियम पदार्थका सवारी, ग्यास, खाद्यवस्त, मालबाहक सवारीसाधनहरू, तरकारी तथा निर्माण सामग्री बोकेका साधनहरू निर्वाध रुपमा चल्न पाउनेछन्।’
मूल सडकमा र भित्री सडकमा अनावश्यक भिड नगर्न आग्रह गरिएको छ। अन्यथा भिड गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्नको लागि सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रशासन कार्यालयले जनाएको छ।
निर्माण सामग्री बोकेका सवारी साधनहरु बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ।
प्रतिक्रिया दिनुहोस