
एजेन्सी । आईसीसी क्रिकेट वल्र्ड कप –२०१९ सुरु हुन अब मात्र ७ दिन बाँकी छ । इंग्ल्याण्ड तथा वेल्समा शुरु हुन लागेको यस विश्वकमा सहभागिता जनाउन लागेको टिमहरु इंग्ल्याण्ड पुग्ने क्रममा छन् । शुक्रबारबाट विश्वकपको वर्मअप म्याच सुरु हुन लागेको कारणले गर्दा टोलीहरु धमाधम पुग्न थालेका हुन् ।
विश्वकपको लागि तयारीस्वरुप सबै राष्ट्रहरुले चार दिन अभ्यास खेल खेल्नेछन् । अभ्यास खेल यही मे २४ देखि २८ सम्म हुनेछ । वर्मअप खेलहरु ब्रिस्टोल काउन्टी ग्राउन्ड, कार्डिफ वेल्स रंगशाला, हाम्पसायर बाउल तथा द ओभलमा हुनेछ । आईसीसीका म्यानेजिङ डाइरेक्टर स्टिभ एल्ओर्थीका अनुसार अभ्यास खेलको क्रममा स्थानीय मैदानमा विश्वस्तरिय खेलाडीहरुलाई क्रिकेटप्रेमीहरुले देख्न सक्छन् ।
यसको खेल तालिका पनि सार्वजनिक भइसकेको छ । अभ्यासको क्रममा हरेक राष्ट्रले दुई–दुई वटा अभ्यास खेल खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस