aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

संसारको सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि पस्यो कोरोना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ जेठ २०७७
संसारको सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि पस्यो कोरोना

एजेन्सी । कोरोना भाइरसले सम्पूर्ण विश्वमा तहसनहस गरिरहेको छ । कोरोना भाइरस न धनी न गरिब कसैलाई पनि छोडेको छैन । तर, यस्ता बस्तीहरुमा पनि संक्रमण दखिएको छ, जहा बस्ने मानिसको आफ्नो पहिचाहन नै छैन । बंगलादेशको रोहिंग्या शरणार्थी क्याम जुन विश्वको सबैभन्दा ठूलो शरणार्थी क्याम मानिन्छ । जहा १० लाखभन्दा बढी मानिसहरुको बसोबास रहेको छ । 

बंगलादेश शरणार्थी सहयोग आयोगका अध्यक्ष महबूब आलम तालुकदारले बिहीबार कोरोनाका घटनाहरू कक्स बजारमा रहेको शरणार्थी शिविरमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको बताएका छन । शरणार्थी क्यामको एक जना र अर्को व्यक्ति कोरोना पोजेटिभ देखिएको उनले बताएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन ।  

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रवक्ता लुइस डोनोभनले  द सोसिएटेड प्रेसलाई बताए अनुसार ती दुईको सम्पर्कमा आएका व्यक्तिहरूसँग सम्पर्कमा आएकाहरुको खोजि गरिहेको बताएका छन ।  दुबैलाई अलग राखेर उनीहरूको उपचार गरिएको छ । दोस्रो संक्रमित व्यक्ति रोहिंग्या शरणार्थी शिविरमा बस्दैन । 

कोरोनाको संक्रमण शिविरमा देखिएपछि चिन्ता बढेको शरणार्थी शिविरहरुले बताएका छन् । काक्स बजारको शरणार्थी शिविरमा १० लाखभन्दा बढी रोहिंग्या मुस्लिमहरू बसोबास गर्छन् र उनी बसेका स्थानमा आधारभूत सुविधाहरूमा पहुँचभन्दा बाहिर छन ।

यो शरणार्थी क्याम डरलाग्दो हुनसक्ने कोक्स बजार एकदम  भीडभाड हुने क्षेत्र हो । यो क्षेत्र सर सफाई र सफा पानीको अभावका कारण यहा हाहाकार छ । 

प्रतिक्रिया दिनुहोस