aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

नेपाली सेना पनि कोरोनाबाट संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ जेठ २०७७
नेपाली सेना पनि कोरोनाबाट संक्रमित

काठमाडौं । नेपालमा पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सैनिक स्रोतले जनाए अनुसार जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको हो । 

स्रोतका अनुसार  उनीहरु मध्य पृतना महोत्तरीमा कार्यरत सैनिक हुन् । हाल उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको छ । 

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएका थिए । उनीहरु नै सेनामा कार्यरत भएको खुलासा भएको हो।  काठमाडौं ल्याइसकेपछि उनीहरुलाई सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सेनाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस