
काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । बिहीबार धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको शंका गरिएकी महिलाको नातेदार रहेको गाउँ सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
उनले भने, 'धुलिखेल अस्पतालमा उपचार गराइरहनु भइकी महिलाको शंकास्पद मृत्यु भएकाल कारणले हामीले पूर्वसतर्ककताका लागि उहासँग सम्बन्धीत गाउँमा सिल गरेका हौं ।' उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको उनलले जानकारी दिए ।
धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेको भनिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भने उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि नभएको जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस