aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

कोरोनाबाट मृत्यु भएकी महिलाको आजै पशुपतिमा दाहसंस्कार, लाश ल्याउन शव बहानले मानेनन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ जेठ २०७७
कोरोनाबाट मृत्यु भएकी महिलाको आजै पशुपतिमा दाहसंस्कार, लाश ल्याउन शव बहानले मानेनन

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी पहिलो नेपाली महिलाको  महिलाको लाश सदगदका लागि पशुपति आर्यघाट ल्याइएको छ । आर्यघाट ल्याउँदा कोटेश्वरमा सवारी साधनको लामो लाइन नै भएको थियो ।

सिन्धुपाल्चोक निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार धुलिखेल अस्पताल ल्याउदा ल्याउदै बाटोमा नै मृत्यु भएको थियो । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना संक्रमणबाट उक्त महिलाको मृत्यु भएको पुष्टि गरेपछि उक्त लाश नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी समेतको टोलीले स्कर्टिङ गरेर पशुपति आर्यघाट ल्याइसकेको हो ।

धुलिखेलदेखि अरनीको राजमार्ग हुँदै पशुपती आर्यघाटमा लाश ल्याउँदा झण्डै एक दर्जन सवारी साधनको स्कटिङमा भक्तपुर अस्पतालको शबवाहनमा महिलाको लाश ल्याइएको थियो ।

शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली शनिबार साँझ ८ बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल गएको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल पुगेका थिए।

शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दियो । धुखिलेल अस्पतालबाट शवलाई पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजु र गाईजुले गर्ने भएका छन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको वडा नम्बर ९ राम्चे र उनी उपचारका लागि पुगेको बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्र सिल गरिएको छ। जिल्ला सुरक्षा समितिको आपत्कालीन बैठक बसेर बलेफी गाउँपालिकाको-७ नम्वर वडा पनि सिल गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस