aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

'३ देखि ५ लाखमात्र नेपाली विदेशबाट फर्किन्छन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
'३ देखि ५ लाखमात्र नेपाली विदेशबाट फर्किन्छन'

काठमाडौं । त्रिभुव विश्व विद्यालयका अर्थशास्त्री तथा प्रा.डा रमेश पौडेलले कोरोनापछि नेपालबाट बाहिर काम गर्न गएका नेपालीहरु ३ देखि ५ लाख मात्र फर्कने बताएका छन् ।

 नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रा.डा पौडलले नेपालीहरु काम गरिरहेका देशहरुले पनि आफ्ना अर्थतन्त्र चलायमान बनाउनका लागि  श्रम शक्ति आवश्यक पर्ने भएकाले सबै नेपाल फर्किन्छ भन्ने नसकिने बताए । 

नेपालमा रोजगारीको ग्यारेन्टी नभएसम्मका लागि नेपालमा रोजगारी हुन्छ भन्न सक्ने अबस्था भएको उनले बताए । अहिले नै विश्वको अर्थतन्त्र कसरी अगाडि बढ्छ भन्ने हेर्न बाँकी रहेको छ ।  

प्रतिक्रिया दिनुहोस