
गरिव भोकै मर्दै छन । दैनिक आम्दानी गरेर छाक टार्नुपर्ने ठूलो समूदाय आशाको झिनो किरण कताबाट देखिन्छ भन्ने पर्खाइमा छ । अर्को तर्फ सरकार राहत कोशबाट खर्च भएको देखाउन तल्लिन छ । ठूलो व्यवसायी यही मौका हो कर तथा ब्याज छुट पाउन लबिङ गर्न ब्यस्त छन । जो सँग छ उही अझ पाउने आशामा छन । यतिका बर्ष अस्थिरताको खेती गरेर कमाएकाहरु अझ भकारी भर्न तल्लिन छन । गरिब भोकै छन । आखिर लकडाउन कस्का लागि ?
अब्वस्थित कर प्रणाली । निजी क्षेत्र सरकारलाई कर बुझाउन कै लागि मात्र अस्थित्वमा रहिरहनु पर्छ भन्ने सरकारी बुझाई छ । कसरी कर प्रणालीलाई सुदृढ गर्दै व्यवस्थित गर्दै जाने भन्नु भन्दा पनि करको दर कसरी बढाएर लादने भन्ने कुरामा सरकार तल्लिन छ । पसिनाका कमार्इमा पूर्ण रुपमा कर तिरेर तलव बुझ्नेहरुको पिर कस्ले बुझ्ने ? वार्षिक अर्बौ रुपैयाको कारोबार गरेर लाख रुपैया कर तिरेको प्रमाण पत्र झुण्ड्याउनेहरुको लबिङ हुन्छ तर तलब खाएरै लाखौं कर तिर्ने चाँही समाचार बन्छन । पारदर्शिता र कर प्रणाली तलब खानेहरुका लागि मात्रै लागु हुने विषय हो ? लकडाउनमा उनीहरुलाई राहत के छ ? करमा कति छुट छ ?
रोजगारिको अवस्था नाजुक छ । नयाँ रोजगारीको अवसर श्रीजना गर्न अब केही बर्ष लाग्न सक्छ । लकडाउनको अवस्था झण्डै २ महिना पुग्नलाग्दा केही अस्पातल बन्न सक्थ्यो त्यहा निर्माणमा काम गर्ने मजदुरले काम पाउन सक्थे । सम्पन्न पछि स्वास्थ्य क्षेत्रसग सम्बन्धितलाई रोजगारी जुटथ्यो तर बिडम्बना जग समेत हाल्ने काम भएन । राहतका लागि उठेको अर्बौ रुपैया ब्याजमा लगाएर आम्दानी बाध्ने परिपाटिबाट कहिले बाहिर निस्कने ? उचित खर्च गरियो भने एकातिर रोजगारी बढछ अर्कोतर्फ बिरोधका आवाज कमै सुन्नु पर्छ । सञ्चालनमा रहेका सिमित क्षेत्र त्रशित छन । त्यसमाथि केही युवाहरु चाहिनेभन्दा बढी नै उत्तेजित छन । काम गराउने सस्थाले करोड करोडको बीमा गरिदिनु पर्यो भन्ने आवाज बुलन्द पार्न तल्लिन छन ।
लाख रुपैया कर तिरेको प्रमाण पत्र झुण्ड्याउनेहरुको लबिङ हुन्छ तर तलब खाएरै लाखौं कर तिर्ने चाँही समाचार बन्छन । पारदर्शिता र कर प्रणाली तलब खानेहरुका लागि मात्रै लागु हुने विषय हो ? लकडाउनमा उनीहरुलाई राहत के छ ? करमा कति छुट छ ?
एक तिहार्इबाट कार्य सञ्चालन भैरहेको अवस्था विद्यमान हुँदा हुँदै यो सब हर्कत किन ? यो लकडाउन लम्बिदै गयो भने अवस्था के होला ? सामाजिक सञ्जालमा माग राखेर उत्ताउलो पना देखाउन सजिलो छ यो अवस्थामा रोजगारदातालाई कसरी सहयोग पुर्याउने र रोजगारिमा रहिरहने भन्ने चिन्ता खोइ । लकडाउन यही अवस्थामा रहिरहने हो भने बेरोजगाराको सख्या बढ्ने निश्चित छ नयाँ अवसर त दिवा सपना मात्रै हुने हो ।
अर्थतन्त्र नाजुक अवस्थामा छ । दैनिक सचालन खर्च चालु खर्चको झण्डै ६० प्रतिशतको हाराहारी छ । निर्यात ठप्प छ । राजश्व लक्ष्यभन्दा २५ देखि ३० प्रतिशत कम उठने अनुमान सहजै लगाउन सकिन्छ । सरकारी आम्दानीको ठूलो हिस्सा जन प्रतिनिधि, प्रदेश सरकार र स्थानिय सरकारको सन्चालनमै सकिन्छ । घाटा बजेट पूर्ति गर्ने स्रोत मध्य आन्तरिक ऋण पनि एक अस्त्र हो । तर, धेरै मात्रामा उठाइने आन्तरिक ऋणले निजी क्षेत्रलाई अमौद्रीकृत गर्न मद्दत गर्दछ जस्को प्रभाव स्वरुप मुद्रा स्फिती बढन जान्छ ।
एकातिर आन्तरिक उत्पादनले नधान्ने अवस्था र अर्को तर्फ मुद्रा स्फितिले पार्ने प्रभावले आयातित बस्तुको मुल्यमा आउने बढोत्तरी र त्यसपछिको अवस्थाको अनुमान जो कोहिले सजिलै लगाउन सक्छ । त्यसैले आन्तरिक उत्पादनलाई प्रोत्साहन गरी नियन्त्रित क्षेत्र भित्र सामाजिक दुरी र अनुशासन कायम राखी निरन्तर कार्य गर्न गराउन जरुरी भैसक्यो । यो पूर्ण लकडाउनको अवस्था कहिले सम्म धान्न सकिन्छ र धान्ने ? विश्व अर्थतन्त्रमा बलियो मानिएकाहरु समेत बिस्तारै खुल्दै छन हामी झन झन कडा अभ्यास गर्न तल्लिन छौ । लकडाउन सकिदासम्म सबै क्षेत्र तहस नहस र समाप्त हुने अवस्था नआओस । हुटिट्याउले आकाश धान्न खोजे जस्तो नहोस् । के हामीले यसैको लागि यस्तै लकडाउन खोजेको हो ?
सिमामा नागरिक रोइरहेका छन । मित्र राष्ट्रको मित्रता बेला बेलामा कुनै न कुनै कारणले चर्चामा रहिनै रहन्छ र मुटुको घाऊ जस्तो बल्झी रहन्छ । कहिले सिमा अतिक्रमण त कहिले नाकाबन्दी हाम्रो नियती भैसक्यो । हामी निर्बिकल्प परनिर्भर त छदै छौ त्यसमाथि पनि एउटै मित्र राष्ट्रको अधिक निर्भरताले उसमा स्वर्इच्छाचारिता हावी छ । जे गरेपनि हुन्छ भन्ने मानसिकता र हाम्रा आफ्नै लाचारिले यो सदासर्वदा रहिरहने क्यान्सार कै रुपमा विकास भयरहेकोको छ । लकडाउनको अवस्थामा नागरिक सिमामा मिल्किएका छन ।
सिमाभित्र ल्याइ सिमा सुरक्षामा खटिएका सुरक्षा निकाएको रेखदेखमा भुइचालोमा लुकाइएका पाल हालेर गरिवलाई दिने राहत त्यही ख्वाउने (बाढ्ने होइन) ब्यवस्था गर्न कस्ले रोकेको छ ? हाम्रा सुरक्षा निकाए गैर जिम्मेवार छैनन र हुन पनि सक्दैनन । आफैलाई मार्न तम्सेकालाई समेत सुरक्षा दिन पछि हटेनन भने अरु बखान गरिरहन के जरुरी छ र ? त्यही क्वेरण्टाइनको ब्यवस्था गरौ । के सिमा बाहिरका नागरिक होइनन ? उनीहरुलाई भोक र रोगले मर्न दिने गरी हामीले लकडाउन खोजेको हो ? हामी कस्तो लकडाउनको अभ्यास गर्न खोज्दै छौ अनी कस्का लागि ? के हामीले खोजेको लकडाउन यस्तै हो ? मैले त बुझिन । (लेखक सिभिल बैंकमा कार्यरत हुनुहुन्छ)
प्रतिक्रिया दिनुहोस