aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

'लकडाउन' भारतसँगको मुद्रा विनिमय दर जस्तै हुँदैछः मनोज ज्ञावली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
'लकडाउन' भारतसँगको मुद्रा विनिमय दर जस्तै हुँदैछः मनोज ज्ञावली

काठमाडौं । नेपालमा लकडाउन १५ दिन थपिएको छ। लकडाउन थप्दै जाने अनी थप्ने मोडालीटि पनि भारतसँग मुद्रा को बिनीमय दर जस्तो हुदैछ। दिमाग नै लाउनु परेन, भारतमा लकडाउन खुल्नु पूर्व नेपालमा नखोल्ने,  बिकल्प नि छैन। लकडाउन एकमात्रै समस्याको समाधान होईन। धेरै क्षेत्रमासंगै काम गरौं। सरकारले अहिले ुराहत दिन कर बढाउनु पर्छ या पैसा छापेर राहत दिने ?  भन्ने कुरा गर्नु भनेको जिम्मेवारीबोध, संबेदनशीलता तथा भविष्य जोहो गर्ने दुरदर्शी सोच सम्म नहुनु हो। कोरोनाको महामारीले संसारभर नै धेरै ठूला परिवर्तन आउनेछन ।

 सामाजिक, राजनीतिक, व्यवसायीक र शक्तिकेन्द्रहरुमा ठुलो उथल पुथल हुनेछ। ब्यावसायी र व्यबसायका प्राथमिकता परिवर्तन हुनेछन। सबै जसो क्षेत्रहरुमा पुनरसंरचना हुनेछ। यसमा जीत उसैको हुनेछ जसले यो कुरालाई आत्मसात गरेर तथ्य र तथ्याङ्क सहितको अनुमानहरु लिएर योजना बनाउन सक्यो।

देशको संघीय संरचना, सरकारी कर्मचारी तन्त्र, बजेट उपयोगका क्षेत्रहरुमा बहस जरुरी छ। अब देशको माटो, जनशक्ति र श्रोतलाई उच्चतम प्रतिफलको लागि प्रयोग गर्न अध्ययन, अनुसन्धान र छलफल शुरु गरौ। हरेक दिन होईन हरेक पल गाह्रो हुदैछ। कोरोना बाट बचेका नागरिकहरु भोली भोकमरी र सामाजीक बिचलनले मर्नु नपरोस। 

अझै समय छ, सोच बदलौ। नारा, भाषण र कुराले देश समृद्धि हुदैन। कुरा काटेर अनी अरुलाई दोष देखाउदै आफु जिम्मेवारीबाट पन्छेर नि देश बन्दैन। अध्ययन, रणनीति, कार्ययोजना र दृढ ईच्छा शक्ति चाहिन्छ। विवेक बन्धक राखेर पद र प्रतिष्ठाको लागि सरकारलाई गलत सूचना दिने र भ्रममा राख्ने काम नगरौं। पैसा र पद नै जीवन होईन। अख्तियार भएका नागरिकहरुले जिम्मेवारी बोध गरौं।

भविष्यमा हाम्रो सन्ततिले हामीलाई कसरी चिन्ने भनेर पहिचान बनाउने बेला हो यो। सबैले कमाएको पद र पैसा अस्थाई हो, पहिचान स्थाई हुन्छ। हरेक नागरिक जागरुक , जिम्मेवार हुनुपर्यो । (ज्ञावली ज्योति विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन)

प्रतिक्रिया दिनुहोस