aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

कपिलवस्तुको क्वारेन्टाइनबाट खाना बस्नको सुविधा नभएपछि ४५ जना भागे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
कपिलवस्तुको क्वारेन्टाइनबाट खाना बस्नको सुविधा नभएपछि ४५ जना भागे

भैरहवा । प्रदेश ५ काको कपिलवस्तुमा क्वारेन्टाइनबाट ४५ जना भागेको जनाइएको छ । जिल्लाको यसोधरा गाउपालिका ८ का २ वटा क्वारेन्टाइनबाट ४५ जना नागरिक भागेका हुन ।  शुक्रबार राती वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविमा निर्मित क्वारेन्टाइनका ३० जना बढि र शनिबार सोही वडाको राष्ट्रिय निमावि सिहोखोरका थप १५ जनासमेत क्वारेन्टाइन छोडेर भागेका हुन ।

उक्त क्वारेनटाइनमा  ३ दिनअघि नै भागेका हुन । क्वारेनटाइनबाट भागे पनि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको यशोधरा गाउपालिकाका अध्यक्ष गिरजेश पाण्डेले जानकारी दिए ।

यशोधरा गाँउपालिकामा हालसम्म १२ कोभिड-१९ रोगका संक्रमित फेला परेका छन् । सबै भन्दा बढी संक्रमित वडा नम्बर ८ मा ५ जना छन् । क्वारेन्टाइनमा बस्नेलाई खान र बस्नको व्यबस्थापन राम्रो नभएपछि भागेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस