aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

सूचना लुकाउने घरबेटीलाई कारवाही

  • रासस
    रासस
  • सोमबार, ०५ जेठ २०७७
सूचना लुकाउने घरबेटीलाई कारवाही

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १३ ले वडाभित्र काठमाडौँ उपत्यका बाहिरबाट आएका व्यक्तिको सूचना लुकाउने घरबेटीहरुलाई कारवाही गर्ने भएको छ ।  

वडा कार्यालयले आज सूचना जारी गरी होटल र भट्टी पूर्णरुपमा बन्द गर्न आह्वान गर्दै खाद्यान्न पसल बिहान  ९ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्न दिइने बताएको छ । साथै सबै खाद्यान्न, मासुजन्य र तरकारी पसलमा मूल्यसूची ग्राहकले देखिने गरी टाँस गर्न पनि अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस