aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

अमेरिकन आइडल  फाइनलमा पुगे नेपाली मूलका दिवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
अमेरिकन आइडल  फाइनलमा पुगे नेपाली मूलका दिवेश

एजेन्सी । नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको फाइनल अर्थात् शीर्ष ५ मा पुगेका छन् ।

न्यूयोर्कको समय अनुसार बेलुका ७ बजेको कार्यक्रम सुरु भएलगत्तै अमेरिकन आइडलको शीर्ष पाँचको घोषणा गरिएको हो ।

दिवेशलाई अब अमेरिकन आइडल बन्नका लागि भोटिङको खाँचो छ । आजको भोटिङ रियल टाइम भोटिङ हो जुन सुरु भइसकेको छ ।

भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट  गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ ।   दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस