aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ पुग्यो

विराटनगर । प्रदेश १ मा आज थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड—१९ पुष्टि भएको हो । यो संगै प्रदेश १ मा कोभिड-१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जना निको भएर घर फर्किनु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । 

प्रदेश १ मा ३ हजार एक सय ६१ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार चार सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस