aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

कागेश्वरी मनोहरामा २३ जनामा कोरोना आरडीटी पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
कागेश्वरी मनोहरामा २३ जनामा कोरोना आरडीटी पोजेटिभ

काठमाडौं । कागेश्वर मनोहरा नगरपालिकामा २३ जनामा कोरोना भाइरस र्यापिड टेष्ट (आरडीटी)मा पोजेटिभ देखिएको छ । नगरपालिकाले सोमबार फ्रन्ट लाइनमा काम गर्ने चारसय जनामा आरडीटि परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए ।

नगरपालिका भित्र फ्रन्ट लाइनमा काम गर्ने एक हजार जनाको परिक्षण गर्ने योजना अनुसार सोमबार ४ सय जनामा परिक्षण गरिएको उनले बताए । आरडीटि टेष्टमा पोजेटिभ देखिएका २३ जनालाई नै सोमबार नै नगरपालिकाले स्थानीय  अस्पतालमा नै आइसोलेसनमा राखेको उनले बताए । 

आज आरडीटी पोजेटिभ देखिएका सबैको स्वाव राष्टिय प्रयोगशाला टेकु पठाइएको उनले जानरकारी दिए । उनले भने, 'आरडीटि टेष्टमा पोजेटिभ देखिएका सबैलाई हामीले अस्पतालमा नै राखेका छौं उनीहरुको रिपोर्ट नआएसम्म उनीहरुको बारेमा केहि भन्न सकिदैन ।' अन्य बाकीको परिक्षण भोलि हुनु उनले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस