aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

कर्णालीमा पनि पुग्यो कोरोना, १८ नयाँ थपिए कुल संख्या ३७५

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ जेठ २०७७
कर्णालीमा पनि पुग्यो कोरोना, १८ नयाँ थपिए कुल संख्या ३७५

काठमाडौँ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राति १०:१५ बजेको आध्यावाधि अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ  ।

मन्त्रालयद्वारा जारि सुचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ , बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान, भेरी अस्पताल, नेपालगंज र कोशी अस्पताल बिराटनगरमा गरिएको परिक्षणको रिपोर्टमा यस्तो देखिएको हो ।

संक्रमित पछिल्ला १८ जना मध्ये धनुषाका २ जना पुरुष, दैलेख आठबिस १ निवासी १ जना पुरुष, खोटाङका १ जना पुरुष, बाँके नरैनापुरका १२ जना पुरुष, सुनसरी र झापाका १/१ पुरुष रहेका छन् । 

प्रतिक्रिया दिनुहोस