aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

भारतबाट लुकिछिपी झापा आएका ९ जनामा कोरोना पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ जेठ २०७७
भारतबाट लुकिछिपी झापा आएका ९ जनामा कोरोना पुष्टि

काठमाडौं । झापाको केचनाकवल गाउँपालिकामा थप ९ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ ।  कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएको केचनकवल गाउँपालिकाका वडा सदस्य इन्द्रकला गणेशले जानकारी दिइन ।

भारतको विभिन्न स्थानबाट आएका २६ जना युवाहरुमध्ये सोमबार एक युवकमा कोरोना पुष्टि भएको थियो । सोहि समूहका युवाहरुमा कोरोना परिक्षण गर्दा थप नौ जनामा कोरोना पुष्टि भएको उनले बनाइन ।  

भारतबाट आएका युवाहरुमा धमाधम कोरोना संक्रमण देखिएपछि गाउँपालिकामा बैंठक बसिरहेको उनले बताइन । उनले भनिन, 'भारतबाट आएका युवामा कोरोना संक्रमण पुष्टि भएपछि थप अनुसन्धानका लागि गाउँपालिकामा बैठक बसिरहेको छ ।' त्यस्तै, सुनसरीमा पनि थप दुईएकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस