
काठमाडौं । देशभरी कोरोना संक्रमण फैलिएरहेका बेला सरकारले एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने सम्पूर्ण पास रद्द गरेको छ । तर, गाउँपालिका वा नगरपालिकाबाट सामान्य पास बनाउँदै राजधानी प्रवेश गर्ने हुलमा भने कमी भएको छैनन ।
सोमबार सोलुखुम्बुबाट एक जना विरामीको उपचारका नाममा एक सुमो मासिन राजधानी भित्रिएका छन् । सोमबार राती बुढानिलकण्ठ नगरपालिका भित्र एक सुमो मानिस भित्रिएका हुन ।
सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिकाबाट सामान्य पास बनाएर काठमाडौंको बुढानिलकण्ठ नगारपालिकामा सोमबार राती धेरै मानिसको हल्ला गर्दै यहाका स्थानीय बासीको घरमा प्रवेश गरे एक स्थानीय बासीले भने । बुढानिलकण्ठ नगरपालिकाले १०,११ र १२ वडालाई सिल गरेको केहि घण्टा बित्न नपाउँदै उक्त वडा हुदै दर्जनौं मानिस भित्रेका छन् ।
नगरबाहिरबाट एक सुमो मानिसहरु नगरमा प्रवेश गरेको विषयमा नगर प्रमुख उद्धवप्रसाद खरेलसँग कुरा गर्दा उनले भने, वडा नम्बर १२ मा धेरै सोलुखुम्बुका मानिसहरु बस्ने भएकाले कसैका आफ्न्त आएका होलान तर प्रशासनलाई थाहा छैन । संक्रमित नभएका हुनाले खबर नगरेका होलान थप विवरण सोधपुछपछि मात्र थाहा हुने भयो ।
प्रतिक्रिया दिनुहोस