aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ जेठ २०७७
थप २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२ पुग्यो

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा थप ५ जनामा कोरोनाको संक्रमण देखिएको छ । ३ जना काठमाडौँ जिल्ला तथा १–१ जना भक्तपुर र ललितपुरका रहेका छन् । ललितपुरमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो ।

मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको ४०२ संख्या पुगेको छ भने ३७ जना निको भएर फर्किएका छन् ।

त्यस्तै  झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन् । 

आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस