
काठमाडौं । कोरोना भाइरस संक्रमणको टेष्ट निजी अस्पतालले सशुल्क टेष्ट गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार निजी अस्पताललाई पनि कोरोना संक्रमणको टेष्ट गर्ने सम्बन्धी निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटोल जानकारी दिए ।
निजी अस्पतालले लिने शुल्क भने आफै निर्धारण गर्न सक्ने उनले बताए । व्यक्तिगत गोपनियता सहितको यो परिक्षणमा टेष्ट गराउन चाहने व्यक्तिले आफ्नो व्यक्तिगत सूचना गोप्य राखेर निजी अस्पतालमा गएर भए पनि कोरोना टेष्ट गराउन सक्ने छन् । सरकारले कोरोना टेष्टको दायरालाई फराकीलो बनाउनका लागि निजी अस्पतालहरुलाई पनि टेष्ट खुला गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस